Close This

नेपाल पर्यटन पत्रकार सङ्घ कैलालीको समिति हेरफेर

सोमबार जेठ १४, २०८१/ Monday 05-27-24
Paschim Today

कैलाली ।नेपाल पर्यटन पत्रकार सङ्घ कैलालीको कार्यसमिति हेरफेर गरिएको छ । आइतबार धनगढीमा बसेको बैठकले कार्यसमिति हेरफेर गरेको हो । बैठकले उपाध्यक्षमा लामो समयदेखि वन पर्यटनको क्षेत्रमा कलम चलाउँदै आएकी जमुना न्युरेलाई मनोनीत गरेको छ ।
उपाध्यक्ष ईन्दु के.सी.लाई सचिवको जिम्मेवारी दिएको छ । सचिव शेरबहादुर ऐरलाई सह–सचिवको जिम्मेवारी दिएको छ । सह–सचिव विवेक नागरीलाई सल्लाहकारमा मनोनीत गरेको छ । अध्ययनको सिलसिलामा जापानमा रहेकी सङ्गीता खड्का र  हाल काठमाण्डौमा रहेर पत्रकारिता गरिरहेका हेमराज भट्टलाई बैठकले हटाउने निर्णय गरेको छ । समितिका सदस्यद्धय खड्का र भट्ट सङ्घमा स्थापना कालदेखि सक्रिय भएर काम गरेका थिए ।
बैठकले अनिल पन्त र प्रतीक्षा जैसीलाई सदस्यमा मनोनीत गरेको छ । एक जना भने अब बस्ने बैठकले मनोनीत गर्ने निर्णय गरेको छ ।
नेपाल पर्यटन पत्रकार सङ्घ कैलालीको अध्यक्षमा भिमबहादुर चौधरी, वरिष्ठ उपाध्यक्षमा रंजित लामा, कोषाध्यक्षमा सविता बुढा, सह–सचिवमा कैलाश जोशी र सदस्यहरूमा प्रिन्स बि.क., घनश्याम पौडेल, तेज बोहरालाई भने यथावत् राख्ने बैठकले निर्णय गरेको छ ।
बैठकले हालसम्म गरेको कामको समीक्षा गर्दै सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनमा थप सशक्त भएर लाग्ने निर्णय गरेको छ ।