Close This

नेपाली चेली स्नेहालता अष्ट्रेलियामा प्रान्तीय चुनाव लड्दै

बुधबार जेठ १६, २०८१/ Wednesday 05-29-24
Paschim Today

काठमाडौं । अष्ट्रेलियाको क्यापिटल टेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तीय चुनावमा नेपाली चेली स्नेहालता केसी चुनाव लड्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि आफ्नो उम्मेदवारी दिन लागेकी हुन् ।

स्नेहालाई एक सभामा अरू प्रतिस्पर्धीबीच ७ मिनेट भाषण गर्न लगाइएको थियो । उनले सँगै प्रतिस्पर्धा गरिरहेका आफ्ना अन्य ३ जना प्रतिद्वन्द्वी भन्दा रोचक र समसामयिक भाषण गरेपछि उनको अभिव्यक्ति सबैले रुचाएका थिए ।

भोटिङ चेक पाँच सदस्यीय प्यानलमा तीन जनाकै अन्तरवार्ता राखिएको थिउो । जसमा जनताबाट प्रश्नोत्तर कार्यक्रम राखिएको थियो ।

अष्ट्रेलिया क्यापिटल टेरिटोरीमा विगत २८ वर्ष देखी लेबर नामक पार्टी सरकारमा छ ।

अष्ट्रेलिया क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यानबेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाव लड्ने भएकी हुन् ।

उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । स्नेहालता नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । उनले नेपाल हुँदा विज्ञापन र म्युजिक भिडियोमा अभिनय समेत गरिसकेकी थिइन् । उनी पूर्व सञ्चारकर्मी समेत हुन् ।