निको आँखा केन्द्रको आँखा स्वास्थ्य चेकजाँच शिविर सम्पन्न

पश्चिम टुडे, धनगढी १४ जेठ ।
निको आँखा केन्द्र धनगढीको आयोजना तथा गार्डनर ई. बोर्डिङ स्कुल धनगढीको सहकार्यमा आँखा स्वास्थ्य चेकजाँच शिविर बुधबार सम्पन्न भएको छ ।
आँखा स्वास्थ्य चेकजाँच शिविरमा गार्डनर ई. बोर्डिङ स्कुलमा अध्ययनरत ५ सय विद्यार्थीको आँखा चेकजाँच गरिएको स्कुलका प्रिन्सिपल कैलाश प्रशाद दाहालले बताए ।
आँखा जाँच गरिएका विद्यार्थीबाट ५६ जना बालवालिकामा दृष्टि दोष र २ जनामा डेढो आँखापनको समस्या देखिएको निको आँखा केन्द्र धनगढीका संचालक दृष्टि विशेषज्ञ विपिन चन्दले बताए ।
त्यसैगरि निको आँखा केन्द्रले धनगढी कै गार्डनर प्याराडाईस स्कुलमा आँखा चेकजाँच गरेको छ । मेन्टेश्वरीमा अध्ययनरत ८० जना वालवालिका मध्येबाट ८ जनामा दृष्टि दोषको समस्या रहेको स्कुलका प्रिन्सिपल अच्युत दाहालले जानकारी दिए ।
विद्यालयमा आँखा चेकजाँच गर्दा आँखा सम्बन्धी विभिन्न समस्याहरु देखिएका वालवालिकालाई निको आँखा केन्द्र धनगढी र नजिकको आँखा अस्पतालमा रिफर गरिएको विद्यालयले जनाएको छ ।
अहिले स–साना वालवालिकाहरुमा पनि आँखा सम्बन्धी विभिन्न समस्याहरु देखा पर्दै आएकाले सम्पूर्ण अभिभावहरुले समयमै नजिकको आँखा उपचार केन्द्र, आँखा अस्पतालहरुमा आफ्ना नानी बाबुहरुको एकपटक अनिवार्य रुपमा आँखा चेकजाँच गर्न हुन निको आँखा केन्द्रका संचालक दृष्टि विशेषज्ञ विपिन चन्दले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया