Close This

आउने भयो 'हीरामन्डी' को दोस्रो सिजन

सोमबार जेठ २१, २०८१/ Monday 06-03-24
Paschim Today

भारतीय निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज 'हीरामन्डी: द डायमण्ड बजार' को दोस्रो सिजन आउने भएको छ। 

सोमबार भन्साली प्रोडक्सनबाट एक भिडिओ सार्वजनिक गर्दै 'हीरामन्डी २' को निर्माण घोषणा गरिएको हो।

'हीरामन्डी' को सफलतामा आभार व्यक्त गर्दै सञ्जय लीला भन्सालीले भनेका छन्, 'हीरामन्डीले पाएको माया र सम्मानप्रति म निकै आभारी छु। दुनियाभरका मान्छेले यसलाई मन पराए। नेटफ्लिक्स जस्तो राम्रो पार्टनर पाउँदा एकदमै खुशी छु। हामी सिजन २ लिएर आउँदैछौं।'

'हीरामन्डी' १ मेमा रिलिज भएको थियो। यो सिरिज रिलिज भएको एक हप्तामा ४३ देशको नेटफ्लिक्समा टप १० मा परेको थियो। यो विश्वभर सबैभन्दा धेरै हेरिने भारतीय वेब सिरिज समेत हो। 'हिरामन्डी' मा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।