Close This

कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ

शुक्रबार जेठ २५, २०८१/ Friday 06-07-24
Paschim Today

धनगढीः कैलालीबाट विभिन्न  मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हातहतियार खरखजाना मुद्दामा २ महिना २६ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिएको मोहन्याल गाउँपालिका–७ कुईने बस्ने ५७ वर्षीय कर्णबहादुर कामी, चेक अनादर मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बस्ने ३३ वर्षीया बेला शाही थापा, ज्यान मुद्दामा २ वर्ष ११ महिना ११ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएको लम्की चुहा नगरपालिका–१ का २६ वर्षीय राजन चौधरी र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको लम्कीचुहा नगरपालिका–१ कै ४८ वर्षीय सुरेश शाही रहेका छन्।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर गरेपछि फरार रहेका चारै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।