Close This

बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24
Paschim Today

बैतडीः बैतडीको मेलौलीमा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ।

शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याएका मेलौली नगरपालिकाका विद्यार्थीलाई नगदसहित सम्मान गरिएको नगरपालिकाका प्राविधिक सहायक रोहित भट्टले जानकारी दिए। कक्षा ८ मा ३.६४ जिपिए ल्याएर पालिकाभरीमै उत्कृष्ट भएका मणिलेक मावि छात्र पवन नायकलाई नगद २० हजारसहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ।

यस्तै ३.६२ जिपिए ल्याएका मणिलेक माविकै पुष्कर भट्ट द्वितीय र ३.५५ जिपीए ल्याएकी शितलपुर माविकी अस्मिता भट्ट तृतीय भएका छन्। उनीहरुलाई क्रमशः १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए।