Close This

जातीय विभेद रोक्ने मन्त्री भाटको अठोट, आचारसंहिता निर्माण समिति गठन

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

कैलाली ।  सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त सामाजिक विकास मन्त्री ओमविक्रम सरल भाटले जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचार संहिता निर्माण गर्ने निर्णय गरेका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सार्वजनिक निकायहरूमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरूमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचार संहिता बनाउने निर्णय गरेका हुन् ।

सुदूरपश्चिमका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरूलाई नियन्त्रण गर्ने सम्बन्धि आचार संहिता निर्माण गरिने निर्णयमा उल्लेख गरिएको छ । त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहने गरी तीन सदस्यीय आचार संहिता निर्माण समिति समेत बनाइएको छ ।

सरकारले २०६८ मा जातीय विभेद तथा छुवाछुत (दण्ड र सजाय) बनाएर लागू गरि सकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि जातीय विभेद र छुवाछुत रोकथामका लागि कानुन बनाई सकेको छ ।