Close This

विश्वकप छनोटअन्तर्गत नेपालले आज यमनसँग खेल्दै

मंगलबार जेठ २९, २०८१/ Tuesday 06-11-24
Paschim Today

काठमाडौं– नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।

साउदी अरबस्थित प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ११: ४५ बजेदेखि शुरु हुने छ ।

यस अघि गत बिहिबार खेलेको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको थियो  ।

घरेलु मैदानमा खेल्नुपर्ने यी खेल दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने नभएपछि न्युट्रन भेन्यु को रुपमा साउदी अरबमा खेलेको हो । एएफसीले दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेल खेलाउन मिल्ने नभएको बताएपछि नेपालले घरेलु मैदानमा खेल्ने अवसर गुमाएको हो ।

नेपालले यसअघि पनि घरेलु मैदानमा खेल्नुपर्ने बहराइनविरुद्ध खेल पनि बहराइनमै खेलेको थियो ।

समुह एचमा रहेको नेपालले यस विश्वकप छनौटमा लगातार पाँचौं हार बेहोरेको छ  । नेपाल यस अघि यमनसँग गत नोभेम्बर २१ मा भएको खेलमा २-० ले पराजित भएको थियो  ।