निलम्बित न्यायाधीश गिरीलाई सात वर्ष कैद सजाय

काठमाडौँ – निलम्बित न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजाय भएको छ।
पूर्वपत्नीलाई करणी गरेको अभियोगमा सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई सात वर्ष कैद सजाय र तीन लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो।
भुसालकै इजलासले यही जेठ १३ गते गिरीलाई दोषी ठहर गरेको थियो। गिरीकी श्रीमतीले उनीविरुद्ध काठमाडौँमा जबरजस्ती अभियोगमा जाहेरी दिएका थिइन्।
जाहेरीपछि २०७९ चैत २८ मा गिरीलाई पक्राउ परेका गिरीलाई काठमाडौँ जिल्ला अदालतले जम्मा ५० हजारमा रिहा गरेको थियो। जिल्लाको थुनछेक आदेशलाई सदर गर्ने उच्च अदालतको आदेशसलाई बदर गर्दै सर्वोच्चले गत चैतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
सम्बन्ध विच्छेद अघि नै श्रीमतीले गिरीविरुद्ध रुपन्देहीमा वैवाहिक बजरजस्तीकरणमा जोहरी दिएकी थिइन्। सम्बन्धमा सुधार भएपछि दुवै पक्षको सहमतिमा तामेलीमा मुद्दा राखिएको थियो।
फेरि सम्बन्ध बिग्रेर विच्छेद नै भइसकेपछि पनि आफूमाथि करणी भएको भन्दै श्रीमती दिएको मुद्दामा जिल्ला अदालत काठमाडौँले सजाय निर्धारण गरेको श्रेस्तेदार रामु शर्माले जानकारी दिए।
तपाईको प्रतिक्रिया