कैलालीमा यसरी उजाड पारियो बाढीपीडित बस्ती,नगरप्रमुखले जनाए आपत्ति (तस्बिर)

मंगलबार असार ११, २०८१/ Tuesday 06-25-24
Paschim Today

भजनीका नगरपालिकाको वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई बस्तीमा वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी डोजर चलाएको छ ।  वन डिभिजन कार्यालय पहलमानपुरले बाढीपीडितका नाममा बस्दै आएका झन्डै पाँच सय परिवारलाई हटाएर २० हेक्टर ३० बिघा क्षेत्र खाली गराएको छ । 

May be an image of tree

सो क्षेत्रका मोहन्याल, पशुपति र वनदेवी सामुदायिक वनको समेत आग्रहमा ३५ र सात दिने सूचना जारी गरेर बाढी पीडितका नाममा जङ्गलमा बस्दै आएकालाई हटाइएको वन डिभिजन कार्यालयले जनाएको छ । 

वन कार्यालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घर टहरा भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरको नेतृत्वमा घर टहरा भत्काउन थालिएको छ । भजनी बजार छेउमा रहेको जङ्गलमा सो नगरपालिकाका वडा ३, ५, ७ र ९ का बासिन्दा बाढी पीडित भन्दै बस्दै आएका थिए ।  

No photo description available.

भजनीका नगरप्रमुख केवल चौधरीले भने वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाएका छन् । 

 

No photo description available.

May be an image of lumberyard

May be an image of 9 people and tree

May be an image of 4 people and tree

May be an image of 1 person and tree

May be an image of 10 people and train

May be an image of lumberyard

May be an image of 4 people, tree and lumberyard

May be an image of 3 people and tree

No photo description available.

May be an image of 2 people and tree