Close This

सुनिल खड्काले जिते ‘कमेडी च्याम्पियन ३’ को उपाधि

आइतबार असार १६, २०८१/ Sunday 06-30-24
Paschim Today

काठमाडौँ । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।  

हिजो भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका  ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बन्नुभएको बनेका हुन् ।  

विजेता घोषित भएसँगै उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप( र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बने ।  

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा थिए ।