माछा मरेपछि व्यवसायीलाई ६० लाखको क्षति
शनिबार असार २२, २०८१/ Saturday 07-06-24
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/kailali-machha-palan2024-07-06-08-11-28.jpeg)
धनगढी उपमहानगरपालिका– १४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख रुपैयाँ क्षति भएको जोशीले छ ।
‘पोखरीमा केही महिना पहिले ५० हजारको सङ्ख्यामा विभिन्न जातिका माछाका भुरा हालिएका थिए’, व्यवसायी जोशीले भनिन्, ‘माछा बढेर अहिले ठूला भइसकेका थिए तर के कसरी मरे भन्ने अहिलेसम्म पत्ता लागेको छैन, माछा एक्कासी कसरी मरे भन्ने परीक्षणका लागि पोखरीको पानी पठाइएको छ ।’ उनका छ वटा माछा पोखरी रहेका छन् ।
तपाईको प्रतिक्रिया