नोभा हस्पिटल बिरामी मृत्यु प्रकरण : प्रहरी र स्थानीय बीच झडप हुँदा दुई जना घाइते

आफन्त द्वारा अस्पताल तोडफोड

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24
Paschim Today

धनगढी १२ साउन/धनगढी नोभा हस्पिटलमा कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी र स्थानीय बीच  झडप हुदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा भैरहेको छ ।

जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए । सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।

घटनाका बारेमा अस्पतालको आधिकारिक धारण अहिले सम्म आएको छैन । हामिले अस्पताल प्रशासन संग बुझ्न खोज्दा कुनै पनि आधिकारीक व्यक्ति सँग सम्पर्क हुन सकेन ।