धनगढीमा थप दुई जनामा हैजा पुष्टि
आइतबार श्रावण १३, २०८१/ Sunday 07-28-24
Paschim Today

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएकाे छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैकाे घरमै उपचार भइरहेकाे छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुताेष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टाेलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएकाे हाे। थप ४ जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे पनि उनले बताए। आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेकाे प्रमुख श्रेष्ठले जानकारी दिए।
स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टाेलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएकाे थियाे। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेकाे बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेकाे जनाएकाे छ।
तपाईको प्रतिक्रिया