जापानमा बस्ने नेपालीको  रहरैमा चर्चामा 

मंगलबार श्रावण १५, २०८१/ Tuesday 07-30-24
Paschim Today

कैलाली : जापानमा बस्ने नेपालीले सार्वजनिक गरेको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ ।

नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा गाउँ सहरमा घन्किन थालेको छ।  

पछिल्लो समय तिजको छेको पारेर  भड्किला गीतहरू  आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको  तिज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।  उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । 

जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तिज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन् । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ ,तुलसा सापकोटा ,अविरल अधिकारी ,इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।