आज यी स्थानमा मुसलधारे वर्षा हुने : बाढी, पहिरोबाट बच्न अनुरोध

बुधबार श्रावण १६, २०८१/ Wednesday 07-31-24
Paschim Today

देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको छ। अहिले बिहान बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  ठाउँमा भने ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा हुने र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे पानी पर्ने विभागको बुलेटिनमा उल्लेख छ। 

आज अर्थात बुधबार राती पनि कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा निकै ठूलो पानी पर्न सक्ने विभागले चेतावनी दिउँको छ। 

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकोले उक्त स्थानमा हुनसक्ने सम्भावित जोखिमबाट बच्न विभागले अनुरोध गरेको छ ।