कैलालीबाट भन्सार छलीका सामान बरामद
बिहीबार श्रावण १७, २०८१/ Thursday 08-01-24
Paschim Today

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालीका–३ मिलन चोक, धनगढी ४ बसपार्क, धनगढी ७ बेली र गोदावरी नगरपालीका– ५ गेटा आँखा अस्पताल जाने बाटोको भित्री सडक खण्डबाट अवेैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ७४ हजार ६५५ मुल्य बराबरको बराबरको प्याज, चिनी, दाल, कुर्ती, नमकिन, सुर्ती, बिडी, धोती, साडी, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुराको मासु, १ थान मोटरसाइकल लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
तपाईको प्रतिक्रिया