सामसुङद्धारा आफ्नो लोकप्रिय ए–शृङ्खलामा रोमाञ्चक एडिसन Galaxy A34 5G प्रस्तुत
सामसुङले आफ्नो लोकप्रिय ए–शृङ्खलामा अर्को रोमाञ्चक एडिसन, Galaxy A34 5G, प्रस्तुत गरेको छ। यो सेप्टेम्बरमा, किफायती मूल्य र नयाँ प्रभावशाली सुविधाहरू सहित, नेपाली प्रयोगकर्ताहरूको लागि यसलाई विशेष रुपमा डिजाइन गरिएको छ।
Galaxy A34 5G ले नेपाली बजारमा स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गर्दै आएको छ, जसले प्रयोगकर्ताको हातमा आरामदायक फिटको अनुभूति प्रदान गर्दछ। यसमा ५० मेगापिक्सलको प्राइमरी क्यामेरा र २ मेगापिक्सलको डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेलयुक्त फोटो खिच्न मद्दत गर्छ। उत्कृष्ट सेल्फीहरू खिच्नका लागि ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि समावेश गरिएको छ। यो फोनमा ६.७ इन्चको AMOLED स्क्रिन छ र १ टिबीसम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्ने क्षमता रहेको छ।
Galaxy A34 5G मा MediaTek Dimensity 900 प्रोसेसर रहेको छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने, र शेयरिङमा उत्कृष्ट प्रदर्शन दिन्छ। यसमा ५,००० एमएएच ब्याट्री र २५वाटको फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसले दिनभरि टिक्ने पावर प्रदान गर्दछ। Galaxy A34 5G मा Samsung Knox सुरक्षा प्रणाली समावेश गरिएको छ, जुन हार्डवेयर अट्याकहरूबाट सुरक्षा प्रदान गर्छ। नयाँ साइड फिंगरप्रिन्ट सेन्सर र नियमित सुरक्षा अपडेट्सले प्रयोगकर्ताको डिभाइसलाई सुरक्षित राख्छ।
यो फोन कालो, हल्का नीलो र नयाँ सुनौलो रंगमा उपलब्ध छ। यसको तीन संस्करणमा मूल्य निर्धारण गरिएको छ—रु. १५,४९९, रु. १७,४९९, र रु. १९,४९९। प्रत्येक खरीदमा एक असली २५वाटको Samsung चार्जर निःशुल्क उपलब्ध छ। साथै, उपभोक्ताहरूले ०% ब्याज दरसहितको EMI सेवाबाट फाइदा उठाएर Samsung का अधिकृत स्टोरहरूबाट सजिलै Galaxy A34 5G प्राप्त गर्न सक्छन्। यी सुविधाहरूले गर्दा उपभोक्ताले आफ्नो मनपर्ने डिभाइस सजिलैसँग एक घण्टा भित्रै पाउन सक्छन्। यो डिभाइस भदौ २३ गतेदेखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ।
तपाईको प्रतिक्रिया