गृहमन्त्रीद्वारा एकै दिन प्रहरीका दुई भवन उद्घाटन

बुधबार भदौ १९, २०८१/ Wednesday 09-04-24
Paschim Today

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गरेका छन् । भीमदत्त नगरपालिकास्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गरेका हुन् । 

पछिल्लो समय साइवर अपराध बढेकोले प्रहरीले परम्परागत अपराधका घटना बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको बताए । 

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै लेखकले दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने बताए । दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रूपमा विकास गरी देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । उनले भने, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण हुन्छ ।’ दोधारा चाँदनी नाकालाई भारत र चीनसँग जोडेर देशकै ठुलो नाकाका रूपमा विकास गर्न सकिने उनको भनाई छ ।