उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

मंगलबार असोज १, २०८१/ Tuesday 09-17-24
Paschim Today

काठमाडौं । उपसभामुख इन्दिरा राना रूस प्रस्थान गरेकी छन्। 

बुधबारदेखि शुक्रबारसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा उनी मङ्गलवार संयुक्त अरब इमिरे्सको दुवई हुँदै रुस गएकी हुन् । रुसको राजधानी मस्को हुँदै उनी आयोजना स्थल सेन्टपिटर्सवर्ग पुग्ने कार्यक्रम रहेको उपसभामुखको सचिवालयले जनाएको छ ।  

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उनले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ।

उनको असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। रासस