उमेर अनुसार दैनिक कति पाइला हिँड्दा ठिक हुन्छ ?

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24
Paschim Today

काठमाडौँ । पैदल हिँडडुल एउटा यस्तो गतिविधि हो जुन लगभग हरेक फिटनेस रुटिनमा समावेश गर्न सल्लाह दिइन्छ । सामान्यतया कुनै व्यक्तिले दिनमा लगभग डेढ देखि २ माइलको दूरी हिँड्दा उसले लगभग ३ देखि ४ हजार पाइला हिँड्छ । यति पाइला हिँड्दा मात्रै रोगबाट हुने अकाल मृत्युको जोखिमलाई कम गर्न सक्नुहुन्छ ।

त्यसको आधाभन्दा अलि बढी मात्रै हिँड्न सक्नुभयो भने पनि मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न मद्दत मिल्छ । युरोपेली जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा पनि यसबारे एक अध्ययन प्रकाशित भएको छ । तर प्रश्न यो छ कि हामीले दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य राख्दै छौँ वा हिँडिरहेका छौँ भने यसबाट के हुन्छ ?

एक दिनमा कति हिँड्नुपर्छ ?

हरेक दिन कम्तीमा १० हजार पाइला त हिँड्नुपर्छ भनेर कसैले न कसैले त भनेको तपाईंले सुन्नुभएको होला । चाखलाग्दो कुरा के छ भने दिनमा १० हजार पाइला हिँड्ने लक्ष्य कुनै वैज्ञानिक खोजबाट नभई मार्केटिङ अभियानबाट जन्मिएको हो । धेरै हिँड्दा पक्कै पनि यसको फाइदाहरू छन्, तर दिनमा १० हजार पाइला हिँड्नु कुनै जादुई समाधान होइन ।

४ हजारभन्दा कम पाइला हिँड्नु पनि लाभदायक हुनसक्छ । सबैको आ–आफ्नै फाइदा छ । यहाँ जेएएमएद्वारा गरिएको अनुसन्धानको निष्कर्ष सुनाइन्छ । धेरै हिँड्नु निश्चित रूपमा लाभदायक भए पनि हरेक दिन ९ हजारदेखि १० हजारबिचको पाइला हिँड्नु आइडियल हुने जेएएमएको एक अनुसन्धानले देखाएको थियो ।

उमेर अनुसार कति हिँड्नुपर्छ ?

उमेर, फिटनेसको स्तर र स्वास्थ्य जस्ता कुराहरूलाई ध्यानमा राखी हरेक दिन हिँड्ने लक्ष्य परिवर्तन गर्नुपर्छ । उमेर बढ्दै जाँदा हाम्रो शरीरको क्षमता घट्दै जान्छ । हरेक पाइलामा जेएएमएले पत्ता लगाएको छ कि पहिलेभन्दा बढी ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । तसर्थ, पहिलेको जस्तै लाभहरू प्राप्त गर्न हामीले कम हिँड्नुपर्ने हुनसक्छ । दैनिक ८ हजारदेखि १० हजार पाइला चाल्नु युवावस्थामा राम्रो लक्ष्य हुनु हो तर त्यसपछिको जीवनमा दिनको ६ हजारदेखि ८ हजार कदम हिँड्नु पनि पर्याप्त हुनसक्छ ।

बिस्तारै बिस्तारै पाइला बढाउने ?

यदि तपाईँ दैनिक १० हजार पाइला हिँड्ने लक्ष्य राख्दै हुनुहुन्छ भने अहिले आफूले कति पाइला हिँडिरहेको छु भन्ने थाहा पाउनुस् । यो थाहा पाउँदा तपाईले बेस लाइन पाउनु हुनेछ । बिस्तारै अलि अलि गरेर पाइला बढाउन सक्नुहुन्छ । प्रत्येक दुई हप्तामा १ हजार अतिरिक्त पाइला हिँड्नु पनि पाइला बढाउने राम्रो रणनीति हुनसक्छ ।

सबैभन्दा सजिलो व्यायाम हो हिँड्नु

अब कुरा गरौँ हिँड्नुका फाइदाबारे । यो एउटा सजिलो व्यायाम हो, जुन हामी कुनै विशेष उपकरण वा जिम सदस्यता बिनै गर्न सक्छौं । यसका लागि चाहिने कुरा भनेको एक जोडी राम्रो जुत्ता हो । यत्ति भयो भने तपाईँ हिँड्नका लागि तयार हुनुभयो । हिँड्दा तपाईंको समग्र स्वास्थ्यमा सुधार हुनसक्छ । नियमित हिँड्दा मुटुरोग, मोटोपना, मधुमेह, उच्च रक्तचाप र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य समस्याहरूको जोखिम कम गर्न सकिन्छ ।

मूड र मस्तिष्कमा सकारात्मक प्रभाव

धेरै अध्ययनहरूका अनुसार, यदि कोही व्यक्ति दिनमा १० हजार पाइला हिँड्छ भने यसले उसको मुड र मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । जोर्नीहरूमा लचिलोपन बढ्छ । दैनिक यति धेरै हिँड्दा क्यालोरी पनि बर्न हुन्छ र यसले तौल घटाउन पनि मद्दत गर्छ । छिटो छिटो हिँड्नुहुन्छ भने त झन् यसले तपाईंको फोक्सोको क्षमतामा सुधार गर्छ । मुटुको स्वास्थ्यमा पनि सुधार हुन्छ र मुटुको रोगलाई ५० प्रतिशतसम्म कम मद्दत गर्छ । यसले महिलामा पनि स्ट्रोकको सम्भावना घटाउँछ । यसले मधुमेहको जोखिम कम गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र निद्रा पनि सुधार्छ ।

हप्ताभरमा १५० मिनेट छिटो छिटो हिँड्नु स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । तपाईँ यो लक्ष्यबाट टाढा हुनुहुन्छ भने बिस्तारै बिस्तारै पाइला बढाउनुहोस् । केही मिनेट अनि थोरै पाइलाबाट सुरु गर्नुस् । दिनमा १० मिनेट मात्रै भए पनि हिँड्न थाल्नुस् । त्यसपछि बिस्तारै यसलाई हप्ताको पाँच दिन दिनहुँ ३० मिनेट हिँड्नुस् ।