प्रधानमन्त्री ओलीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता

शनिबार असोज १२, २०८१/ Saturday 09-28-24
Paschim Today

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन पुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि सम्झौता भएको हो ।

सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ । यस्तै धनयोगा फाउण्डेशन र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ ।

सम्झौतामा वर्नहार्टका तर्फबाट डा। क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा। मङ्गल रावलबीच हस्ताक्षर भएको हो । हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको हो । प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गरे ।