काभा २० वर्षमुनिकाे पुरुष भलिबल च्याम्पियनशिप आजदेखि श्रीलङ्कामा शुरू हुँदै

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

काभा २० वर्षमुनिकाे पुरुष भलिबल च्याम्पियनशिप आजदेखि श्रीलङ्कामा शुरू हुँदैछ । कोलम्बोको सुगाथादासा रङ्गशालामा हुने च्याम्पियनशिपको पहिलो खेलमा नेपालले आज घरेलु टोली श्रीलङ्कासँग खेल्दैछ ।

आउँदो शनिवारसम्म चल्ने च्याम्पियनशिपमा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो खेलमा नेपालले भोलि उज्वेकिस्तानसँग, तेस्रो खेलमा पर्सि असोज २२ गते माल्दिभ्ससँग र चौथो खेलमा असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्कमेनिस्तानसँग खेल्ने तालिका छ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ ।