अभिनाश बोहरा १२ लाखमा सुदूरपश्चिम पुगे

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

२० असोज, काठमाडौं। नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन् ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो । तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन ।

 

 

अन्य टोली पनि खासै रुची देखाएनन् । त्यसैले १२ लाखमा सुदूरपश्चिमले पाएको हो ।

अभिनाश टी२० विश्वकपपछि नेपालको टोलीमा छैनन् । पछिल्लो समय त्यति राम्रो प्रदर्शन नहुँदा खासै महँगो मूल्य पाउन सकेनन् ।