सलमान खानको सुरक्षामा कडाई, घर वरपर एआईयुक्त सीसीटिभी जडान

बुधबार असोज ३०, २०८१/ Wednesday 10-16-24
Paschim Today

बलिवुड सुपर स्टार सलमान खानको सुरक्षामा कडाई गरिएको छ।

एनसीपी नेता बाबा सिद्दीकीको हत्या लगतै सलमान खानलाई ज्यान मार्ने चेतावनी दिएपछि उनको सुरक्षामा थप कडाई गरिएको हो।

सलमानको मुम्बईस्थित बान्द्रामा रहेको घरमा ५० देखि ६० जना प्रहरीलाई सादा पोषाकमा परिचालन गरिएको छ भने उनको फार्महासउमा पनि सुरक्षा व्यवस्था कडाई बनाइएको छ। साथै सलमान खानसँग भेटघाटका लागि पनि रोक लगाइएको छ।

त्यस्तै एआईयुक्त उच्च गुणस्तरको सीसीटिभी पनि जडान गरिएको छ। त्यसबाहेक सलमान खानलाई वाई प्लस सुरक्षा पनि दिइएको छ। जसमा ८ देखि १० जना प्रहरी रहेका छन्। त्यसबाहेक सलमान खानको व्यक्तिगत सुरक्षाकर्मीहरू पनि हाई अलर्टमा रहेका छन्।

लोरेन्स विश्नोई नामक समूहले गत शनिवार राति बाबा सिद्दीकीको गोली हानी हत्या गर्दै सलमानलाई ज्यान मार्ने चेतावनी दिएको थियो। विश्नोइ समूहले यसअघि पनि सलमानलाई ज्यान मार्ने चेतावनी दिँदै उनको घरमाथि गोली प्रहार गरेको थियो।

कालो हरिण हत्या मामिलालाई लिएर विश्नोई समूहले सलमानलाई ज्यान मार्ने चेतावनी दिँदै आएको छ।