टीकापुरमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

बिहीबार कार्तिक १, २०८१/ Thursday 10-17-24
Paschim Today

धनगढीः कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।

टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। बुधबार नदीमा नुहाउने क्रममा उनी बेपत्ता भएका थिए। स्थानीयको सहयोगमा प्रहरीले उनको खोजी गरिरहेको छ।