कैलालीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

कैलालीः कैलालीको धनगढीबाट सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा २ बर्ष ११ महीना १६ दिन कैद सजाय र ३२ हजार जरिवाना तोकिएका तर फरार रहेका भजनी नगरपालिका–५ क्रमदेबका ३१ वर्षीय रुकेश डगौरालाइ बिहिबार प्रहरीले नियन्त्रणमा लिएको हो। डगौरालाइ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको हो।