दार्चुलामा एक जना मृत भेटिए

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

दार्चुलाः दार्चुलामा एक जना मृत अवस्थामा फेला परेका छन्।

 

जिल्लाको नौगाड गाउँपालिका–५ सिप्टीका ५६ वर्षीय अकबिरसिंह धामी मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको रूडीखेतको खोलामा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।