बैतडीकी २२ वर्षीया हिमश्वेता पहिलो प्रयासमै अधिकृत

शुक्रबार कार्तिक ९, २०८१/ Friday 10-25-24
Paschim Today

धनगढीः बैतडीकी २२ वर्षीया हिमश्वेता भट्ट पहिलो प्रयासमै अधिकृत सातौं तहमा उत्तीर्ण भएकी छन्। बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ स्थायी घर भएकी भट्टले बागमती प्रदेश लोकसेवा आयोगले लिएको कृषि अधिकृत सातौं तहको परीक्षा पास गरेकी हुन्।

हिमेश्वरीको जन्म २०५८ फागुन १६ गते  बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गिता भट्टको कोखबाट भएको हो। भट्टले पहिलो प्रयासमै लोक सेवा आयोगले लिएको अधिकृत सातौं तहको परीक्षा पास गरी मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस भएकी छन्।