बैतडीमा किशोरी बेपत्ता प्रकरण : महाकाली प्रहरीचौकी कुलाउमा सारियो

शनिबार कार्तिक १०, २०८१/ Saturday 10-26-24
Paschim Today

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरीचौकी नै सारिएको छ । 

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरीचौकीलाई कुलाउ प्रहरीचौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार महाकाली प्रहरीचौकीलाई कुलाउमा सारिएको हो । 

महाकाली प्रहरीचौकीको भाडामा लिएको भवन जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको, बस्तीबाट अपायक ठाउँमा रहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि प्रहरीचौकी सारिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । उनले भने ‘महाकाली प्रहरीचौकी तत्कालका लागि कुलाउमा सारिएको छ । महाकाली प्रहरीचौकीका सबै जवानहरु अहिले कुलाउमै बस्ने गरेका छन् ।पछि उपयुक्त भुगोल हेरर चौकी स्थापना गर्छौं ।’

ब्तचथब जयकउष्तब
िमहाकाली क्षेत्रमा कुलाउबाटै प्रहरीको टोली गस्तीमा जाने गरेको छ । महाकाली नदीस्थित डिम्बर घाटबाट अवैध सामान आयत हुनसक्ने भएकाले गस्ती भने नियमित हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

गएको असोज २५ गते डिम्बरकी किशोरी बेपत्ता प्रकरणमा प्रहरी हवलदार कृष्णराज जोशी तानिएपछि स्थानीयहरुले  प्रहरीचौकी सार्नुपर्ने माग गरेका थिए । जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरीचौकी सानुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । किशोरी बेपत्ता भएपछि हवलदार जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । त्यहाँ कार्यरत अन्य प्रहरी जवानहरुलाई समेत जिल्ला तानेर अन्यत्र खटाएको छ । 

महाकाली क्षेत्रका लागि अहिले ९ जनाको नयाँ टोली खटाएको र उक्त टोली कुलाउमै बस्ने गरेको  ढुंगानाले बताए । 

बेपत्ता भएकी किशोरीसंग प्रहरी हवलदार जोशीको सम्पर्क रहेकाले उनले नै किशोरीलाई बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन् । उनीमाथि प्रहरीले मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट दोश्रो पटक म्याद थपेर जोशीमाथि अनुसन्धान भइरहेको निरीक्षक ढुंगानाले बताए । 

जोशीमाथि मुद्दा लागेसंगै उनलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका जोशीले आफ्नो बयानमा किशोरीसंग सम्बन्ध रहेको कुरा स्वीकार गरेका भएपनि बेपत्ता भएको बिषयमा भने आफू अञ्जान रहेको बताउँदै आएका छन् । 

‘जोशीले किशोरीसंगको सम्बन्धको रहेको रअसोज २५ गते बिहानसम्म भेटघाट भएको कुरा  स्वीकारेका छन् । तर त्यसपछि किशोरी कहाँ गइन् भन्ने कुरा आफूलाई थाहा नभएको उनको बयान छ । किशोरीसंग पहिलादेखिको सम्बन्ध स्वीकार गरेपनि पछि कसरी बेपत्ता भइन् भन्ने बिषयमा जोशीले केही बोलेका ढुंगाना बताउछन

असोज २५ गते बिहान आफूलाई समस्या परेको भन्दै किशोरी प्रहरी हवलदारलाई भेट्न पुगेकी थिइन् । त्यसपछि उनी पानी ल्याउन जान्छु भन्दै त्यँहीबाट बेपत्ता भएकी थिइन् । उनको अवस्था अहिले पनि अज्ञात रहेको छ । 

सम्भावित सबै स्थानमा खोजी गरिएको भएपनि किशोरीको अवस्था थाहा हुन नसकेको प्रहरी भनाइ छ । अहिले पनि खोजी कार्य जारी रहेको र पक्राउ परेका जोशीमाथि अनुसन्धान कार्य पनि जारी रहेको उनले बताए ।