खाल्डोमा डुबेर एक बालकको मृत्यु
मंगलबार कार्तिक १३, २०८१/ Tuesday 10-29-24
Paschim Today

बझाङ : बझाङमा सिँचाइ गर्न बनाइएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिका-७ सुवेडाका ५ वर्षीय हिमेश जोशीको मृत्यु भएको हो।
मंगलबार बिहान सिँचाईका लागि बनाएको पानीको खाल्डोमा खेल्नेक्रममा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङको डिएसपी युवराज भण्डारीले जानकारी दिए।
उनी खाल्डोमा डुबेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेको उनले बताए।
तपाईको प्रतिक्रिया