सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

शनिबार कार्तिक २४, २०८१/ Saturday 11-09-24
Paschim Today

कैलाली ।नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका लागि भएको बताएकी छन् ।

शनिबार नेपाली कांग्रेस बर्दियाले गुलरियामा आयोजना गरेकाे गणेशमान सिंहको जन्म जयन्ती तथा सुवर्ण शमशेरको स्मृति दिवसको अवसरमा गरेकाे सभालाई सम्बाेधन गर्दै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पुर्‍याउनु भएको याेगदानका प्रासंसा गरिन ।
पार्टीलाई अफ्ट्यारो पर्दा सुवर्ण शमशेरले पुर्‍याउनु भएको याेगदान र गणेशमानले गरेकाे त्याग नेपाली कांग्रेसका नेता कार्यकर्ता भुल्न नहुने पनि नेपाली कांग्रेसकी केन्द्रिय सदस्य भट्टले बताइन् ।

नेपाली कांग्रेस बर्दियाका सभापति अरुण सिंह राठौरले सुवर्ण शमशेर र गणेशमानले नेपालमा प्रजातन्त्र स्थापनाका लागि दिएको योगदानलाई कसैले भुल्न नहुने बताए । उनलेे सुवर्ण शमशेरको योगदानलाई कार्यकर्ता माझ प्रचार प्रशारमा ल्याउन नसिकएकाे बताए ।
संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थालेकाे छ । बाढीपहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । साेहि अनुसार नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्ट नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्ट बर्दियामा खटिएकी छन् ।

अभियान अन्तरगत बर्दियामा जिल्लाका नेता कार्यकर्ताकाे बैठक आयोजना गरेकाे थियाे ।
देशभर बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो ।
अभियान सुरु भएको केही दिनमै रोकिएकाले चाडपर्व सकिएकाले पुनः अभियान थालेको हाे ।