प्रधानमन्त्री ओलीको चीन भ्रमणः विगतका समझदारी कार्यान्वयनमा जोड दिइने
काठमाडौँ : नेकपा एमालेले आगामी डिसेम्बर पहिलो साता हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसअघि नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयनमा जोड दिने जनाएको छ।
शनिबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यसअघि भएका उच्चस्तरिय समझदारीहरु कार्यान्वयनका लागि जोड दिने बताएका हुन्।
ज्ञवालीले भने, ‘मूलतः विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउनुहुँदाखेरी भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यू चीन भ्रमण गर्दा भएका समझदारीहरुको कार्यान्वयन हाम्रो जोड हुनेछ। त्यसका अलावा दुईपक्षीय हितका अन्य विषयहरुमा पनि केन्द्रित भएर छलफल गर्नेछौँ।’
प्रधानमन्त्रीको चीन भ्रमण छोटो हुने उनले जानकारी दिए। उनले भने,’डिसेम्बरको पहिलो साता हुन्छ भ्रमण। एकदम छोटो भ्रमण हुन्छ। दुई पक्षीय भेटघाट र वार्ताहरु सक्काएर उहाँ फर्किनुहुन्छ।’
तपाईको प्रतिक्रिया