सुशान्त केसीको गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा

आइतबार मङ्सिर २, २०८१/ Sunday 11-17-24
Paschim Today

काठमाडौं । सुशान्त केसीको पछिल्लो गीत ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । आइतबारदेखि सूचीमा समावेश यो गीत ट्रेन्डिङको ९३ औं स्थानमा छ ।

दुई साताअघि प्रिमियर भएको यो गीत नेपालमा भने त्यसयता नै संगीत खण्डतर्फको ट्रेन्डिङमा शीर्षस्थानमा छ । यो गीतलाई अहिलेसम्म एक करोड ४२ लाख पटक हेरिएको छ ।

 

 

सुशान्तकै शब्द तथा संगीत रहेको गीतमा सुशान्तसहित इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको समेत अभिनय छ । युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौथो नेपाली गीत हो ।