५१ अंकले घट्यो नेप्से
मंगलबार मङ्सिर ४, २०८१/ Tuesday 11-19-24
Paschim Today
काठमाडौं- मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ ।
आज सेयर बजार २७०२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोडको भयो ।
२० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको स्थिर रह्यो ।
तपाईको प्रतिक्रिया