काठमाडौं आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी

बुधबार मङ्सिर ५, २०८१/ Wednesday 11-20-24
Paschim Today

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आएका छन् । पाँच दिने भ्रमणका लागि उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

सेनाध्यक्ष द्विवेदीलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणको अवधि मङ्सिर ९ गतेसम्म रहने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

भ्रमणका दौरान सेनाध्यक्ष द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।यस्तै उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटघाट, कमान्ड तथा स्टाफ कलेजका कशिक्षार्थीसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यसैगरी द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने कार्यतालिका पनि छ ।

द्विवेदीले १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाको २९औं प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।