नेपाल प्रिमियर लिग: भारतमा फ्यानकोड युट्युब च्यालमार्फत हेर्न सकिने
शनिबार मङ्सिर ८, २०८१/ Saturday 11-23-24
Paschim Today
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतमा फ्यानकोड युट्युब च्यानलमार्फत हेर्न सकिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फ्यानकोडसँग स्ट्रिमिङ पार्टनरको रूपमा साझेदारी गरेको हो ।
यो साझेदारीसँगै भारतमा रहेका क्रिकेट दर्शकले फ्यानकोडबाट एनपीएलका सबै खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्ने बताइएको छ । त्यस्तै क्यानले ड्रिम ११ लाई आधिकारिक फेन्टासी स्पोर्ट्स पार्टनरका रूपमा प्रस्तुत गरेको छ ।
क्यानको आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलमा ८ टिम प्रतिस्पर्धा गर्दैछन् ।
तपाईको प्रतिक्रिया