३८ अंकले बढ्यो नेप्से
बुधबार मङ्सिर १२, २०८१/ Wednesday 11-27-24
Paschim Today
![](https://paschimtoday.com/uploads/news/images/share-market-Up.jpg-1nepse-e16586551187782024-11-27-03-21-26.jpeg)
काठमाण्डौँ–बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.८१ अंकले बढेर परिसुचक २७५५ मा कायम भएको छ ।
आज १ करोड ७१ कित्ता सेयर किनबेच हुदा ९ अर्ब ३१ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका १९९ कम्पनीको सेयर बढेको छ भने ५० कम्पनीको सेयर घटेको छ । यस्तै ५ कम्पनीको सेयर स्थिर रह्यो ।
कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्टक्चरले सर्वाधिक ३४ करोडको कारोबार गर्यो भने जानकी फाइनान्स,पीपुल्स हाइड्रो, सप्तकोसी डेप्लजमेन्ट बैक अगाडि रहे ।
आज ७ कम्पनीको सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली डेव्लप्मेन्ट बैंक, कर्पोरेड डेव्लप्मेन्ट बैंक, सिन्धु बिकास बैंक, सर्पोट माइक्रोफाइनान्स र मानुशी लघुबित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
तपाईको प्रतिक्रिया