जनकपुर बोल्ट्सका आसिफ र अनिल आउट
शनिबार मङ्सिर १५, २०८१/ Saturday 11-30-24
Paschim Today
काठमाडौँ – विराटनगरविरुद्ध १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले लगातार दुई ओभरमा २ विकेट गुमाएको छ।
पहिलो ओभरमा आसिफ शेखलाई शून्य रनमा गुमाएको जनकपुरले दोस्रो ओभरमा अर्का भरपर्दा ब्याटर अनिल साहलाई ५ रनमा गुमाएको हो।
दोस्रो ओभर लिएर आएका प्रतिश जिसीले आफ्नो स्पेलको अन्तिम बलमा कप्तान अनिल साहलाई बोल्ड गर्दै पेभिलियन पठाए। अहिले क्रिजमा लाहिरु मिलन्था १० रन र हर्ष थकर शून्य रनमा अविजित छन्।
जनकपुले अहिले २ ओभरको समाप्तिमा २ विकेट गुमाएर २९ रन बनाएर खेलिरहेको छ।
तपाईको प्रतिक्रिया