धनगढीमा 'बजाज माइलेज च्याम्पियन' प्रतियोगिता हुने

बिहीबार पौष ४, २०८१/ Thursday 12-19-24
Paschim Today

धनगढी : कैलालीको धनगढीमा बजाज कम्पनीले ुमाइलेज च्याम्पियनु कार्यक्रम आयोजना गर्ने भएको छ। बजाज प्लाटिना मोटरसाइकलको इन्धन बचत र अधिकतम माइलेज क्षमताको प्रदर्शन गर्ने उद्देश्यसहित आगामी पुस ५ गते यो कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रम धनगढीको चटकपुर चोकस्थित ट्रक व्यवसाय भवनमा आयोजना हुनेछ। 'माइलेज च्याम्पियन' मा सहभागी मोटरसाइकल चालकहरूले तोकिएको इन्धनको मात्रामा सबैभन्दा धेरै दूरी तय गर्न प्रतिस्पर्धा गर्नेछन्।

आयोजकका अनुसार यो कार्यक्रमले प्लाटिनाको किफायती र भरपर्दो विशेषताहरूलाई उजागर गर्नुका साथै मोटरसाइकल चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्नेछ।

बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीका अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बजाज प्लाटिना हाल आम ग्राहकहरूबीच अत्यन्त लोकप्रिय रहेको छ। यो मोटरसाइकलको उच्च माइलेज र किफायतीपनलाई अझै प्रस्ट बनाउन यो कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा कुनै पनि मोटरसाइकल चालक सहभागी हुन सक्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई पुरस्कार प्रदान गरिने पनि कम्पनीले जनाएको छ।

बजाजका अनुसार प्लाटिना मोटरसाइकल उच्चतम माइलेज प्रदान गर्ने मोटरसाइकलमध्ये पर्छ। यस कार्यक्रमले इन्धन बचत र टिकाउपनका विशेषताबारे सर्वसाधारणलाई जानकारी दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

सार्वजनिक सहभागीता र जागरुकताका लागि ुमाइलेज च्याम्पियनु महत्त्वपूर्ण माध्यम बन्ने अपेक्षा राखिएको छ।