एनपीएल फाइनल : उपाधि जित्न सुदूरपश्चिमले दियो जनकपुरलाई १८५ रनको विशाल लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएङ्को छ।
टस जितेर ब्याटिङमा उत्रिएको सुदूरले ९ विकेट गुमाएर १८४ रन बनायो।
सुदूरपश्चिमले पावरप्लेमा विना विकेट क्षतिमा ४८ रन बनाएको थियो भने १० ओभरमा ९७ रन बनाएका थियो। सुदूरका लागि ११.६ ओभरमा ४३ बलमा ६९ रन बनाएर सैफ जेव आउट भए। उनलाई किशोर महतोको बलमा ललित राजवंशीले आउट गरे।
३१ बलमाम ४१ बल बनाएकाक अर्का ओपनर विनोद भण्डारीलाई राजवंशीले आउट गरे। ओपनरद्वय चल्दा सुदूर बलियो स्थितिमा पुगेको थियो।
मोहम्मद महसिनले ८ बलमा १४ रन बनाएका हर्मित सिंहलाई आउट गरे। १५.६ ओभर जेम्स निसमले ब्राण्डा म्याककमुलेनलाई आउट गरे। उनले १४ रन बनाए।
१८.१ मा महसिनले कप्तान दिपेन्द्रसिंह ऐरीलाई आउट गरे। ऐरीले ९ रन बनाए। त्यहि ओभरमा महसिनले आरिफ शेखलाई पनि आउट गरे। शेखले एक रन बनाए। १९.१ ओभरमा किशोर महतोले स्कट कुगेलेइनलाई आउट गरे। उनले १३ रन बनाए। त्यस्तै महतोले ८ रन बनाएका नरेश बुढायरलाई पनि आउट गरे।
इशान पाण्डे ६ रनमा रनआउट हुँदा नरेन साउद १ रनमा नटआउट रहे।
तपाईको प्रतिक्रिया