क्रोऐसियामा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिता गर्ने
क्रोऐसिया । युरोपेली देश क्रोऐसियामा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष र म्यारी क्रिस्मसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।
गत वर्ष देखि संचालन गरिएको प्रतियोगितामा यस वर्ष हालसम्मकै ठूलो धनराशी पुरस्कार राखेर भलिबल प्रतियोगिता आयोजना गरिन लागेको सुदूरपश्चिमेली नेपाली समाजका कोषाअध्यक्ष चेतन बि.सीले जानकारी दिए । उनका अनुसार डिसेम्बर २६ गते (पुस ११) गते प्रतियोगिताको आयोजना गरिदै छ ।
प्रतियोगिता प्रिजवल्ज २ जरेवमा ईनडोर हुने उनले बताए । भलिबलको पुरस्कार राशी क्रोऐसियाली रुपैयाँ तीन हजार सय ३१ (नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५) नगदसहित ट्रफि र मेडल रहेको छ । प्रतियोगिताको द्धितिय पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५) नगदसहित ट्रफि र मेडल रहेको छ ।
टिम दर्ता शुल्क क्रोसियाली रुपैयाँ तीन सय (नेपाली रुपैयाँ ४३ हजार ५००) तोकिएको उनले बताए । प्रतियोगिता बिहान ७ः०० बजेदेखी संचालन गरिने सचिव साउदले बताए । प्रतियोगितामा ईयु कर्म भूमी बनाएका नेपालीहरुले टिम दर्ता गर्न सक्ने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया