जैमिनी अटोमोटिभ्सद्वारा आयोजित 'माइलेज च्याम्पियन' प्रतियोगिता सम्पन्न
धनगढी । बजाज बा्रण्डको आधिकारिक बिक्रेता धनगढी स्थित जैमिनी अटोमोटिभ्स कम्पनी प्रा. लि.ले 'माइलेज च्याम्पियन' प्रतियोगिता सम्पन्न गरेको छ । बजाज बा्रण्डको प्लाटिना मोटरसाइकलको इन्धन बचत र अधिकतम माइलेज क्षमताको प्रदर्शन गर्ने उद्देश्यसहित पुस ५प्रतियोगितामा सम्पन गरेको हो ।
कच्ची ग्राउन्डमा प्रति लिटर किलोमिटरको आधारमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई पुरस्कृत गरिएको छ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै रामदयाल रानाले ८८ किमी प्रति लिटर माइलेज प्राप्त गरे, जसका लागि उनलाई रु ७,००० पुरस्कार प्रदान गरिएको छ।
दोस्रो स्थानमा नरबहादुर साउद रहे, उनले ८५ किमी प्रति लिटर माइलेज हासिल गर्दै रु ५,००० पुरस्कार प्राप्त गरे।
तेस्रो स्थानमा छत्र भण्डारीले ८४ किमी प्रति लिटर माइलेज हासिल गरी रु ३,००० पुरस्कार जिते।
ट्रक व्यवसायी सङ्घ नजिकको ग्राउन्डमा भएको कार्यक्रममा ८८ जनाको उपस्थिति रहेको थियो । यो प्रतियोगिता कृष्णप्रसाद उपाध्याय बजगाईँको संयोजनमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया