सुदूरपश्चिममा अब निःशुल्क रगत पाइने

शनिबार पौष २०, २०८१/ Saturday 01-04-25
Paschim Today

धनगढीः सुदूरपश्चिममा निःशूल्क रुपमा रगत उपलब्ध गराइने भएको छ।

यहाँका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निशुल्क पाइने गरी व्यवस्था गरिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र धनगढीसँग सहकार्य गर्दै आइतबारदेखि रगत निःशुल्क उपलब्ध गराउने भएको छ।

 

मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा शाखा प्रमुख डाक्टर चेतराज जोशीले मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा निःशुल्क रक्त सञ्चार सेवाको शुभारम्भ कार्यक्रम आइतबार राखिएको बताए। रेडक्रसले निःशुल्क रुपमा रगत उपलब्ध गराएबापत सुदूरपश्चिम सरकारले एक हजार १५० रुपैयाँ प्रति पिन्ट रक्त सञ्चार केन्द्रलाई दिने उनले बताए।