सामसुङ को नयाँ बिस्पोक एआई सहितका २ वटा  वाशिंग मशिन अब नेपालमा 

मंगलबार पौष २३, २०८१/ Tuesday 01-07-25
Paschim Today

सामसुङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोन मार्फत टाढा बाटै नियन्त्रण गर्न सकिने सामसुङको नयाँ वाशिंग मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ ।

यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेस म्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजी सम्मको लुगाको लोड सजिलै धुन सक्छ । यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ । यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ । दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्रीको नयाँ तरिका प्रस्तुत गरेको छ ।

१२ केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ– डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM । यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ । यस वाशिंग मशिनलाई सामसुङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ ।