कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दिगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल
विराटनगर/ सर्लाही, नेपाल डिस्टिलरीज प्रा. लि (एनडीपीएल) ले एक बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दिगो विकास प्रतिको आफ्नो प्रतिबद्धता स्वरुप गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गर्दै एनडीपीएल आफ्नो सेवाक्षेत्र भित्रका समुदायहरूमा कृषि प्रविधिको ज्ञान विस्तार र प्रयोगमा अभ्यस्त बनाउन क्रियाशील रहेको छ ।
किसानहरूलाई उत्पादकत्व र लचिलोपन सुधार गर्न दिगो कृषि प्रविधिहरूको ज्ञानको विकास गर्ने उद्देश्यले २०८१ मंसिर १० र ११ गते एनडीपीएलले विराटनगर र सर्लाहीको लालवन्दीमा क्षमता अभिवृद्धि तालिम कार्यक्रम आयोजना गरेको थियो । विराटनगरमा सञ्चालित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश योजना आयोगका सदस्य, विराटनगर महानगरपालिकाका मेयर लगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो । त्यसै गरी लालवन्दीमा भएको कार्यक्रममा लालवन्दी नगरपालिकाका मेयर लगायत स्थानीय नेता तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति भएको थियो ।
कार्यक्रममा सहभागीहरुले स्थानीय कृषकहरूका समस्या तथा चुनौतीहरू सामना गर्न आवश्यक सहयोग एवं यस प्रकारका क्षमता अभिवृद्धि तालिम प्रभावकारी हुने तर्फ जोड दिएका थिए ।उपस्थित प्रमुख व्यक्तित्वहरुले एनडीपीएलले गरेको पहलहरूको मुक्तकण्ठले प्रशंसा गरेका थिए। कार्यक्रमलाई किसानहरूले आफ्नो कृषि प्रविधिलाई सुधार गर्ने अवसरको रूपमा लिँदै सक्रिय रूपमा सहभागिता जनाएका थिए ।
तालिममा सहभागी ८० जना कृषकहरूलाई कृषि उत्पादकत्व र लचिलोपन सुधार गर्न आवश्यक सीप र ज्ञान हासिल गर्ने अपेक्षा राखिएको छ । यस कार्यक्रमले दिगो खाद्य उत्पादन प्रणाली र लचिलो कृषि प्रविधिहरूमा जोड दिँदै किसानहरूलाई वातावरणीय रूपमा स्वस्थ र जलवायुमैत्री अभ्यासहरू अपनाउन सशक्त बनाएको थियो। यस पहलले एनडीपीएलको स्थानीय समुदायहरू सँगको सम्बन्धलाई अझ सुदृढ बनाउन र दिगो विकास प्रतिको प्रतिबद्धता बारे चेतना बढाउन भूमिका खेल्ने विश्वास गरिएको छ।
नेपाल डिस्टिलरीज प्रा. लि. नेपालमा मादक पेय पदार्थको एक अग्रणी उत्पादक कम्पनी हो आफ्नो दिगो विकास लक्ष्यहरूको एक अंशको रूपमा स्थानीय समुदायहरूको उत्थान र राष्ट्रको समग्र कल्याणमा योगदान गर्न सक्रिय रूपमा संलग्न रहन कम्पनी प्रतिबद्ध रहेकोछ।
यस्ता कार्यक्रम मार्फत् एनडीपीएलले सुधारिएको कृषि अभ्यासलाई प्रवर्द्धन गर्ने, आय वृद्धि गर्ने र सामुदायिक लचिलोपनलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। थप उत्पादनशील र दिगो कृषि प्रणालीहरू निर्माण गरेर एनडीपीएलले हरेक किसानहरूको जीविकोपार्जनमा योगदान दिँदै दीर्घकालीन खाद्य सुरक्षाको क्षेत्रसँगै नेपालका केही कमजोर समुदायहरूमा गरिबी न्यूनीकरणमा समेत योगदान दिइरहेको छ।
तपाईको प्रतिक्रिया