आजदेखि धनगढीमा प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै,उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी भिड्ने

मंगलबार माघ १, २०८१/ Tuesday 01-14-25
Paschim Today

 कैलालीको धनगढीमा आज देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुनेछन। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन्।


यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन्। उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ भने पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ।    नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो।