बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?
बुधबार माघ ९, २०८१/ Wednesday 01-22-25
Paschim Today
काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको मूल्य १ लाख ५८ हजार १ सय रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।
यता, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।
तपाईको प्रतिक्रिया