वन पैदावार र चेक अनादर मुद्दामा फरार २ जना पक्राउ

सोमबार माघ १४, २०८१/ Monday 01-27-25
Paschim Today

धनगढीः कैलालीबाट वन पैदावार र चेक अनादर मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले विना इजाजत वन पैदावार ओसपसार तथा कटान गरेको मुद्दामा १ महिना कैद र ३९ हजार छ सय छैसट्टी रुपैंया छैसट्टी पैसा जरिवाना तोकीई फरार रहेको कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ३५ वर्षीय गणेश सापकोटा पक्राउ परेका छन्। सापकोटालाई अस्थाई प्रहरी पोष्ट राजिपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनको घरबाट पक्राउ गरेको हो।

यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकी फरार रहेको कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ बस्ने ३२ वर्षीय दयाराम राना पक्राउ परेका छन्। रानालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ अदालत रोडबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको छ।