कैलालीमा करणी गरेको आरोपमा २ जना पक्राउ
सोमबार माघ १४, २०८१/ Monday 01-27-25
Paschim Today
धनगढीः कैलालीमा १५ वर्षिया किशोरीलाई करणी गरेको आरोपमा २ जनालाइ पक्राउ गरिएको छ, भने २ जना फरार रहेका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका–६ की १५ वर्षिया किशोरीलाई सामुहिक करणी गरेको आरोपमा सोही गाउँपालिका–१ का १८ वर्षिय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। किशोरीलाइ ४ जनाले सामुहिक करणी गरेका बताईएको छ। मंसिर २२ गते करणी भएको भएपनि प्रहरीमा भने ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ।
करणीमा संलग्न रहेको आरोप लागेका १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी भने भागेर भारत गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले बताए। उनीहरूविरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया